फेवातालमा जाल हान्दा एसएलआर फेला

हतियार फेला

फेवातालमा जाल हान्दा एसएलआर फेला

1614506361

पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा जालमा एसएलआर राइफल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार साँझ करिब ५ बजे स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हान्ने क्रममा हतियार भेटिएको सूचना दिएका थिए ।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तालमा अड्किएको अवस्थामा एसएलआर राइफल १ थान बरामद गरेको हो।

प्रहरीका अनुसार ‘मु वा १११ (बट)’ नम्बर तथा बडी नम्बर १३८१० लेखिएको उक्त एसएलआर हतियारसँगै उक्त हतियारमा लोड भएको १८ राउन्ड गोलीसहितको म्यागजिन १ थान पनि बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले हतियार कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds