पृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने

सहजता

पृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने

krishna bhir

अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडक भोलि बुधबार दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हाल पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा आएको छ। थप पहिरो वा अन्य अवरोध नआएमा बुधबार दिउँसोदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्णरूपमा सञ्चालनमा आउने जनाइएको छ।

तर, वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेकाले चालक, यात्रु तथा सडक प्रयोगकर्तालाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। प्रशासनले सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ