धरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दे पुनM अर्को स्टाटस लेखेका छन्।
बुधबार बेलुकीदेखि बालेनलाई लक्षित गर्दै काठमाडौंको फोहोर आफू आएपछिमात्र उठाउन सुरु गरेको स्टाटस लेखेका थिए। उक्त स्टाटसमा बालेनले टिप्पणी गरेपछि आजसम्म पनि स्टाटस भाइरल नै बनेको छ।
यद्यपी हर्कको बालेनविरुद्ध स्टाटस लेख्ने क्रम भने रोकिएको छैन। उनले फेरि लेखेका छन्, ‘फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है! हावा गफ होइन काम चाहिएको छ जनतालाई!’

केही दिनअघि काठमाडौं आएर फर्किएका मेयर साम्पाङले बालेनविरुद्ध स्टाटस लेखिरहेका छन्। कतिपयले हर्कले स्वतन्त्र भएर जितेको मान्छेले स्वतन्त्र मेयरलाई नै साथ नदिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति समेत जनाएका छन्।
साम्पाङले फेरि अर्काे स्टाटस लेख्दै बालेनप्रति कटाक्ष गरेका छन् । ‘मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु ! See the result not the way.’ – उनले लेखेका छन् ।


बालेन र हर्ककाे फेसबुके रमिता !
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु