धरानका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई घोचपेच गर्दे पुनM अर्को स्टाटस लेखेका छन्।
बुधबार बेलुकीदेखि बालेनलाई लक्षित गर्दै काठमाडौंको फोहोर आफू आएपछिमात्र उठाउन सुरु गरेको स्टाटस लेखेका थिए। उक्त स्टाटसमा बालेनले टिप्पणी गरेपछि आजसम्म पनि स्टाटस भाइरल नै बनेको छ।
यद्यपी हर्कको बालेनविरुद्ध स्टाटस लेख्ने क्रम भने रोकिएको छैन। उनले फेरि लेखेका छन्, ‘फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है! हावा गफ होइन काम चाहिएको छ जनतालाई!’

केही दिनअघि काठमाडौं आएर फर्किएका मेयर साम्पाङले बालेनविरुद्ध स्टाटस लेखिरहेका छन्। कतिपयले हर्कले स्वतन्त्र भएर जितेको मान्छेले स्वतन्त्र मेयरलाई नै साथ नदिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति समेत जनाएका छन्।
साम्पाङले फेरि अर्काे स्टाटस लेख्दै बालेनप्रति कटाक्ष गरेका छन् । ‘मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु ! See the result not the way.’ – उनले लेखेका छन् ।


बालेन र हर्ककाे फेसबुके रमिता !
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?