पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने क्लबस्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।
आगामी २२ देखि २५ गतेसम्म पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
कार्यक्रम संयोजक मनोज खड्काले सो प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए। उनका अनुसार उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।
यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।
सो प्रतियोगितामा टिम दर्ताका लागि पुरुषतर्फ ६ हजार र महिला तर्फ ४ हजार रुपैयाँ निर्धारण गरिएको पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले बताए।
उनले सो प्रतियोगितामा भलिबल संघले मान्यता दिएको राष्ट्रिय खेल तथा एनभिए लिग खेलेका दुई जना खेलाडी मात्र टिममा समावेश गर्न पाइने जानकारी दिए।
पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा पुरुष तर्फ ३० र महिला तर्फ १५ समुहको सहभागिता रहने आयोजकको अपेक्षा छ।
२०७३ सालमा स्थापना भएपनि पोखरा भलिबल प्रशिक्षण केन्द्रको यो तेस्रो संकरणको भलिबल प्रतियोगिता हो। सो क्लबले प्रतियोगिता सञ्चालन गरि गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको थियो।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’