पोखरा । पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका १ हजार ३ सय जना खेलाडीहरु सहभागि हुने भएका छन्।
आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो।
दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्याकिङ जुनियर तथा सिनियर र पुम्से प्रतियोगिताका लागि खेलाडीहरुको दर्ता हिजो विहिबार बाटै रोकिएको अध्यक्ष गुरुङले बताए। पोखरा रंगशालामा खेलाडीहरुको लागि आवश्यक पर्ने एरिना सानो र थोरै दर्शक क्षमता भएको कारणलो गर्दा पनि दर्ता ४ दिन अघि नै स्थगित गर्न परेको उनले जनाए।
अध्यक्ष गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका थियौं एरिनाको कारण १ हजार ३ सय जना मात्र खेलाडीहरु मात्र सहभागि गराउन बाध्य हुने भएका छौं, दर्शकहरुलाई भने निःशुल्क रुपमा हामीले पास उपलब्ध गराउने छौं।”
कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने दाबी गर्दै उनले उक्त कार्यक्रमबाट पोखरा क्षेत्रमा करिब १५ करोड मुल्य बराबरको कारोवार हुने जनाए।
उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरू सहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ। विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे संघका केन्द्रिय महासचिव दीपराज गुरुङले बताए।
यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो। पोखरा रंगशालास्थित वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको प्रतिष्पर्धा हुने भएको छ।
विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने संघ गण्डकीका सचिव रमेश पौडेलले जनाए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष