पोखरा । पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।
त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो ।
पुरुषतर्फ उपाधि जितेको एपिएफले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख प्राप्त गर्याे ।
यसैगरि उपविजेता बनेको मामा भान्जा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्रदान गरेको क्लबा सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार महिलातर्फको विजेता एसियन सुजले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्याे ।
भने द्धित्तिय भएको अर्चलबोट भलिबल क्लबले २५ हजार शिल्ड मेडल प्रमाणपत्र हात पार्याे ।
पुरुषतर्फ विजय र महिलातर्फ सरु सर्वाेत्कृष्ट
गत २२ गतेदेखि पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार उक्त प्र्रतियोगिताबाट पुरुषतर्फ एपिएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडीका रुपमा घोषित भए । यसैगरि उत्कृष्ट स्पाइकरका रुपमा मामा भान्जा क्लबका सञ्जु विक्रम शाह, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै इश्वर गुरुङ र उत्कृष्ट सर्भरका रुपमा सोही टोलीकै राजेश कुँवर घोषित भए ।
उत्कृष्ट सेटरका रुपमा एफिएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीका रुपमा एपिएफकै उमेश सेन्चुरी पुरस्कृत भए ।
त्यसैगरि महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली घोषित भइन् । उत्कृष्ट सेटरकी रुपमा सोही टिमकै निरु पुन, उत्कृष्ट डिफेण्डरकी रुपमा सोही क्लबकै लक्ष्मी राना र उदीयमान खेलाडीका रुपमा सस्मीता पुन घोषित भइन् ।
यसैगरी अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भइन् ।
विधागत तर्फ उपाधि जितेका पुरुष तथा महिला खेलाडीहरुलाई आकर्षक ट्रफीद्वारा पुरस्कृत गरिएको क्लबका अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्यालले बताए ।
उनका अनुसार विजेता तथा उपविजेता टोलीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक तथा राष्ट्रिय रेफ्री राम पुन, लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक तथा युवा व्यवसायी अमृत लामा गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पदम श्रेष्ठ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
सो प्रतियोगिताबाट संकलित रकममध्ये केही रकम ब्लड क्यान्सरबाट ग्रसित बिरामीलाई सहयोग गर्ने बताइएको छ ।
यसअघि सम्पन्न गरको पाँचौ संस्करणको प्रतियोगिताबाट संकलित रकममध्ये २ लाख रुपैया मृगौला पीडित सुरज गुरुङलाई सहयोग गरिएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु