पोखरा । विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लव नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।
म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा एपीएफले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् ।
एपीएफले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले जितेको बागमतीलाई एपीएफले त्यसपछिका तीन सेट क्रमश : २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित गर्यो ।

एपीएफको कप्तानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्तानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।
तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । यसैगरी एपीएफ र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ।
असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदुरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु