पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो ।
आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

उता दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदुरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १,विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे ।
एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदुरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहिबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ ।
बिहिबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिम बीच पहिलो खेल हुनेछ । प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो । ७ प्रदेश सहित ३ विभागिय र १ एनआरएनको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला