नवौं राष्ट्रिय खेलकुदः ५ हजार मिटरमा बागमतीकी सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः ५ हजार मिटरमा बागमतीकी सन्तोषीलाई स्वर्ण

santosi

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रंगशालामा बुधबार बिहान भएको दौडमा राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।

सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गरिन् ।

महिला ५ हजार मिटरमा कान्छीमाया कोजुको नाममा १६ मिनेट ४९.५९ सेकेन्डको रहेको छ ।

सन्तोषीले १० हजार मिटरमा समेत स्वर्ण जितेकी थिइन् ।

रजत जितेकी राजपुराले १७ मिनेट १२.०५ सेकेन्डमा दौड पूरा गरिन् ।

आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेन्डको समय निकाल्दै कास्य जितिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ