पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौट प्रतियोगितामा नवलपुर लिगको शिर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पुरा जित निकाल्दै ६ अंक सहित शिर्षस्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङजामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोश्रो स्थान कायम गर्यो ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला व्याटिङ गर्दै पुरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पार्यो । कास्कीको तर्फबाट अर्जुन कुमालले ७५, शोहिल कुँवरले ६७ तथा सिब्रिन श्रेष्ठले ६४ रन बनाए । स्याङजाका बलहरु संयोग बस्यालले ३ र बिमल कँडेलले २ विकेट लिए ।
स्याङजाको पारी ३३.३ ओभरमा १ सय ८ रनमा समेटिदा कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए । स्याङजाका कृष्ण खड्काले २५ र करण पँगेनीले १५ रन जोडे । प्रतियोगिताभर कुल ९ विकेट सहित ५१ रन जोेडेका कास्कीका सुवास भण्डारी सर्वोत्कृष्ट बलर, ३ म्याचमा १ सय ६० रन बनाएका कास्कीकै शोहिल कुँवर उत्कृष्ट व्याट्स्म्यान तथा दिपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, प्याप्सनका सल्लाहकार डोलराज पाण्डे लगायतले आयोजक संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले पुरस्कार वितरण गरे ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’