पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा आज (शनिबार) देखि पोखरामा फुटवल प्रतियोगिता सुरु भएको छ ।
अनौपचारिक रुपमा शनिबार देखि सुरु भएको उक्त खेल अन्र्तगत सिनियर छात्र तर्फ फुटवल तर्फ १३ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिता अन्र्तगत ८ खेल सम्पन्न भएको फुटवल खेल संयोजक राजु केसीले बताए ।
शनिबार भएको पहिलो खेलमा नेश्नल क्रियसन स्कुलले बड्र्स एकेडेमीलाई पराजित गर्यो । त्यसै गरी दोश्रो खेलमा सिद्धार्थ लभडेलले फेवा बोर्डिङलाई, तेश्रो खेलमा न्यू ग्यालेक्सिले रिलायन्स स्कुललाई, चौथो खेलमा कास्की मोडनाइज एकेडेमीले अल्फा बोर्डिङलाई, पाचौं खेलमा इम्यानुअल स्कुलले अन्जुली बोर्डिङ स्कुललाई पराजित गरेको छ । त्यस्तै श्री रत्न ज्योतिले शान्ति बाटिकालाई, पुष्प सदनले ओम एकेडेमीलाई, एलपी देवकोटाले लेखनाथ मेमोरियललाई, विरेन्द्र मेमोरियलले हीलि माउण्टलाई, समुह बीको डाइमण्ड एकेडेमीले सनराइस बोर्डिङ स्कुललाई, चिल्ड्रेन एकेडेमीले गण्डकी एकेडेमीलाई, हिल साइडले लिभिन रिसिडेण्टललाई, मर्निङ ग्लोरीले बागमारा स्कुललाई पराजित गर्यो ।
त्यसै गरी जुनियर तर्फको पहिलो खेलमा कास्की मोडनाइज एकेडेमीले सिद्धार्थ विनायकलाई पराजित गर्यो । दोश्रो खेलमा न्यू ग्यालेक्सिले हिल साइडलाई, तेश्रो खेलमा हेमजा बोर्डिङले चिल्ड्रेस एकेडेमीलाई, बागमारा स्कुलले सिद्धार्थ स्कुललाई, नेश्नल क्रियसनले डाइमण्ड स्कुललाई, गण्डकी एकेडेमीले कान्तिपुर स्कुललाइ लिटिल फ्लावरले सनराइज स्कुललाई र समुह बी तर्फ गोर्खा बोर्डिङले अन्जली बोर्डिङलाई पराजित गर्यो । भोलि(आइतबार) पहिलो तथा दोश्रो चरणका खेलहरु हुने भएको संयोजक केसीले जनाए ।
पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल भयो भने जुनियर तर्फको सेभेन ए साइड फुटवल खेल भद्रकालिको माछापोखरी खेल मैदानमा भएको छ ।
प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको उनले बताए । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य