पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पृथ्बीनारायण क्याम्पसको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिले हालै निर्माण गरेको “सहिद स्मृति पार्क“को मंगलबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले क्याम्पसको केही क्षेत्रमा हाल झाडीले ढाकिएकोले त्यसमा विभिन्न प्रकारका फुल सहितको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका हुन्।
राष्ट्रको परिवर्तनको लागि योगदान दिएका शहिदहरुलाई यो पार्टी वा त्यो पार्टी भन्दा पनि सबैले सम्मान गर्नुपर्ने मन्त्री बरालको भनाई थियो। क्याम्पसमा गुणस्तरिय र प्राविधिक शिक्षाको व्यबस्था गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले क्याम्पसमा शहिद पार्क निर्माण हुनु क्याम्पसको सम्पत्ति भएको बताउदै पार्कमा थप बेन्च आवश्यक भएकोले त्यसको व्यबस्था मिलाउन मन्त्री समक्ष आग्रह गरे।
अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष काशीराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका केन्द्रिय सदस्य त्रिदेव गुरुङ, सचिव चिरन्जिबी अधिकारी लगायतले वोलेका थिए। मन्त्री बरालको बिषेश पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त शहिद स्मृति पार्क निर्माण भएको समितिले जनाएको छ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’