पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पृथ्बीनारायण क्याम्पसको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिले हालै निर्माण गरेको “सहिद स्मृति पार्क“को मंगलबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले क्याम्पसको केही क्षेत्रमा हाल झाडीले ढाकिएकोले त्यसमा विभिन्न प्रकारका फुल सहितको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका हुन्।
राष्ट्रको परिवर्तनको लागि योगदान दिएका शहिदहरुलाई यो पार्टी वा त्यो पार्टी भन्दा पनि सबैले सम्मान गर्नुपर्ने मन्त्री बरालको भनाई थियो। क्याम्पसमा गुणस्तरिय र प्राविधिक शिक्षाको व्यबस्था गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले क्याम्पसमा शहिद पार्क निर्माण हुनु क्याम्पसको सम्पत्ति भएको बताउदै पार्कमा थप बेन्च आवश्यक भएकोले त्यसको व्यबस्था मिलाउन मन्त्री समक्ष आग्रह गरे।
अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष काशीराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका केन्द्रिय सदस्य त्रिदेव गुरुङ, सचिव चिरन्जिबी अधिकारी लगायतले वोलेका थिए। मन्त्री बरालको बिषेश पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त शहिद स्मृति पार्क निर्माण भएको समितिले जनाएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो