स्याङ्जामा रूखबाट लडेर ६९ वर्षीया वृद्धाको मृत्यु

स्याङ्जामा रूखबाट लडेर ६९ वर्षीया वृद्धाको मृत्यु

death body

स्याङ्जा । स्याङ्जामा रूखबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ गाडाबासमा मंगलबार बिहान रूखबाट लडेर ६९ वर्षीया देवकुमारी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

थापा आफ्नै घर नजिक सौरको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds