कास्की । गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन (भोली) १४ गते देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।
‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ, फुटबलको विकास गर्ने उद्देश्यसहित फुुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष क्षेत्रीले मयुुर टाईम्स न्युुजलाई बताए । भोली १४ गते दिनको १ः३० बजे उद्घाटन गर्न हाम्रा सम्पूर्ण टीम तयारीमा लागेका छौ, उनले भने, ‘हालसम्म ४० टिमको दर्ता भइसकेको छ ।
अध्यक्ष क्षेत्रीका अनुसार सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला