काठमाडौँ । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म हल्कारा को टिजर सार्वजनिक भएको छ । हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को मर्मस्पर्शी टिजरले सबैलाई झस्काएको छ ।
आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ।
मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरमा सशक्त दृश्य भाषा प्रस्तुत गरिएको छ।अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्। फिल्मले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।
‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसैगरि फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।
कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’