पोखरा । पोखरामा आइतबारदेखि ‘स्टार्स समर क्याम्प २०७९’ सुरु भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको आयोजनामा यो कार्यक्रम सुरु भएको हो । चैत्र २८ गतेसम्म सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्त्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसु गुरुङले बताइन् ।
‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका अलावा शिक्षामुलक ज्ञान लिदैँ साथीहरुबिच आत्मियता तथा आत्मविश्वास बढाउदै आत्मनिर्भर बन्न सिक्नेछन्’ उनले भनिन् ।
बालबालिकामा सामाजिक सीप हस्तान्तरण गरि उनीहरुमा व्यक्तित्व एवं नेतृत्व विकास गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी बन्न इच्छुकले सोमबारसम्म सम्पर्क राख्न सक्ने आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी गुरुङले जनाइन् ।
क्याम्पमा हुने नयाँ प्रतिभा पहिचान, सामुहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतले उनीहरुलाई आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने उनको विश्वास छ ।
क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ सहित अन्य रमाइला इन्डोर तथा आउट डोर गेम खेल्न पाउनेछन् ।
स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सिप मात्र नभएर विभिन्न पर्यटकिय ठाउँ घुम्न अवसर समेत उनीहरुलाई मिल्नेछ ।
१० दिने कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।
कुल २५ वटा क्लास मार्फत नेपाली तथा विदेशी प्रशिक्षकले बाबुनानीलाई रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गर्ने उनीहरुको भनाई छ । कार्यक्रम पोखरामा दोस्रोपटक आयोजना गरिएको हो । यस अगाडि गत बैशाखमा पहिलो संस्करणको स्टार्स समर क्याम्प सम्पन्न भएको थियो ।
स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’