डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर

डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर

donald-trump

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको अभियोगमा दोषी ठहर भएका छन् ।

अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उनलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन शोषण गरेको आरोप लागेको थियो ।

ट्रम्पले भने आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपन्चको रुपमा ब्याख्या गर्दै आफू निर्दोष रहेको बताउँदै आएका थिए ।

लेखिका ई जीन क्यारोलले गत वर्षको अक्टोबर महिनामा सामाजिक सञ्जालमा ९० को दशकमा आफूमाथि ट्रम्पले यौन शोषण गरेको खुलासा गरेपछि ट्रम्पमाथि छानबिन सुरू भएको हो ।

ट्रम्प विरुद्ध ती लेखिका बाहेक अन्य दुई महिलाले पनि यौन शोषणको आरोप लगाएको थियो । उनीहरूले सन् १९७९ र २००५ मा आफूहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ