पोखरा । पोखरामा आयोजना हुने तेस्रो देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० को तयारी तिब्र पारिएको छ ।
पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ १३ देखि २० गतेसम्म हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए । उनले यसअघि जेठ २० गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालनको मिति घोषणा गरेतापनि मैदान निर्माणका कारण एक हप्ता अघि सारेको बताए ।
‘प्रतियोगितालाई हामीले घोषणा गरेको मितिभन्दा एक हप्ता अघि सारेका छौं, उनले भने, ‘टुडिखेलको मर्मत संभार तथा दुवो रोप्नका लागि बजेट विनियोजन भएका कारण काम सुरु गरिहाल्नुपर्ने भएकाले आउदौ १३ गतेदेखि प्रतियोगिता खेलाउने छौ ।’
घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए । उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला