पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको उनले जनाए ।
प्रदेश खेलकुद परिषद गण्डकीसँगको सहकार्यमा आयोजना गर्न लागेको तालिममा आइसिसिका एम्पायर तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी देवेन्द्र लगायतले सहजीकरण गर्ने महासचिव पौडेलले खुलाए ।
तालिम सञ्चालन गर्नको लागि संयोजकको जिम्मेवारी मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठले तालिमको तयारीलाई तिव्र रुपमा अगाडि बढाइएको जनाए । तालिममा ६० जनाभन्दा बढी खेल पत्रकार सहभागी बन्ने अपेक्षा गरिएको उनले बताए ।
त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु