पोखरा । सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइइ) स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लव सृजना मावि सृजनाचोक पोखरामा अध्यन गर्ने विद्यार्थीहरुको संस्था हो ।
विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला (स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् ।
छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लवका अध्यक्ष मिलन खड्काले जानकारी दिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिष्प्रर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने दृतीय हुनेले नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतिय हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उद्याटन गदै कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अनुशासित र निरन्तर प्रयास गर्ने खेलाडी सधैं सफल हुने बताए । उनले सृजना माविले खेलकुदलाई प्राथमिकता दिदै आएको स्मरण गर्दै जसको परिणाम स्वरुप राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको धारणा राखे ।
विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले विद्यार्थीलाई अतिरिक्त क्रियायाकलापमा सहभागी गराउन प्रयत्न गदै आएको जानकारी दिए । विद्यालयले क्रिकेट, टेबलटेनिस र बास्केटबलका राष्ट्रिय खेलाडी उत्पादन गरेको उनले बताए ।
कार्यक्रममा प्रशीक्षक गोपाल थापा, शिक्षक शंकर पोखरेल, विद्यालयका सहप्राचार्य हेमराज तिवारी लगायतले बोल्दै खेलकुदले विद्यार्थीको चौतफी विकासमा टेवा पु¥याउने बताए ।
उद्याटन कार्यक्रम क्लवका सचिव आयुषमान कोइरालाको स्वागत र उपाध्यक्ष आशिका चालिसेको स्वागतमा मन्तब्य राखेका थिए । प्रतियोगितामा शनिबार फाइनल खेल हुने छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु