पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र जनप्रिय मावि तथा छात्रातर्फ सिद्ध मावि र बाहारी मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको सेमिफाइलन खेलमा जित हाँसिल गर्दै यि विद्यालयहरुले फाइनलमा स्थान बनाएका हुन् ।
पोखरा क्रिकेट एकेडेमिको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा जारी प्रतियोगिता अन्तर्गत छात्रतर्फ त्रिभुवन माविले सिद्ध माविलाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले सम्पूणर्् विकेट गुमाएर २७ रन मात्रै बनाउन सक्यो । सिद्धका सविन परियारले १० रन जोेडे । प्रत्युत्तरमा त्रिभुवन माविले ३.१ ओभरमा कुनैपनि विकेट नगुमाई विजयी लक्ष्य पार ग¥यो । त्रिभुवनका करण यादवले १८ रन बनाए । त्रिभुवनका बलर करण यादव र कुनाल यादव दुवैले समान ३÷३ विकेट लिए ।
छात्रतर्फको अर्को सेमिफाइनलमा अंकको आधारमा जनप्रिय मावि फाइनल पुग्यो । जनप्रियले ३ खेलमा ३ मै जित निकाल्दै ९ अंक जोडेको थियो । सेमिफाइनल खेलेको अम्मरसिंहले ३ खेलमा २ जित, १ हार सहित ६ अंक मात्रै बनाउन सक्यो ।
छात्रातर्फ सिद्ध माविले त्रिभुवन माविलाई ७५ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । सिद्धको व्याटिङमा एलिना श्रेष्ठले ३० रन हानिन् । प्रत्युत्तरमा त्रिभुवनले पुरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो । बाराही मावि पनि अंकको आधारमा फाइनलमा प्रवेश ग¥यो । बाराहीले ३ मध्ये ३ खेलमै जित निकालेको थियो भने अम्मरसिंहले २ खेलमा जित हाँसिल ग¥यो । प्रतियोगिताको फाइनल खेल सोमबार पोखरा रंगशालामा हुने प्रतियोगिता संयोजक बबिन कुँवरले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु