पोखरा । पोखराका ४ विद्यालय र काठमाडौ विश्वविद्यालयका विच विद्यालयशनिबार सम्झौता भएको हो ।
कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ बिश्वबिद्धालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र पोखरा ४ विद्यालयका प्रधानाध्यापकहरुका विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सो अवसरमा पोखरा–८, न्युरोडको लक्ष्मी आबासिय माध्यमिक बिद्यालय (एल.ए) का प्रधानाध्यापक डा. विश्व युधिर पौडेल, पोखरा–२६, बुढिबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए) का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्याक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम अर्यालले सम्युक्त रुपमा हस्ताक्षर गरेका थिए भने काठमाडौं विश्वविद्यालयको तर्फबाट प्रा.डा. लुइटेलले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार काठमाडौ विश्वबिद्यालयको सहकार्यमा यस क्षेत्रको शैक्षिक बिकासमा योगदान पुर्याउने छ भने सो योजनाको ४ विद्यालयका प्रतिनिधिहरुको एलायन्स फर एजुकेसनल एक्सिलेन्स गठन (एइसि) गरिएको पनि थियो ।
अबको शिक्षा ज्ञानमा मात्रै सिमित नभइ सीप सहितको शिक्षा आजको आवश्यकता रहेको कारण यो सम्झौता गरिएको एल.ए. का प्रधानाध्यापक डा बिश्व युधिर पौडेलले बताए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता रहेकोे थियो ।
सम्बन्धित खबर
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो