पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गरे ।
‘कर्मचारी तलब खान पाएका छैनन् । सरकारी विकास निर्माण आयोजनाका ठेकेदारहरुलाई दिने पैसा छैन । अर्थतन्त्र डामाडोल छ । जनता मारमा छन् ।’ उपमहासचिव गुरुङले भने– ‘गएको चुनावमा एमालेलाई जनताले नचिनेर, अझै चिन्न नसकेर पो परिणाम भोग्नुपरेको छ । ०८४ मा एमालेलाई बहुमत दिएर एकल सरकार सञ्चालनको जिम्मा लगाए देश बन्छ ।’
माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको भन्दै उनले यिनीहरुबाट जनता मुक्त हुनुपर्ने उल्लेख गरे । ‘विदेशीले जे जे भन्छ, त्यही नीति ल्याएर दलाल पूँजीवादीको सरकार चलिरहेको छ । दलाल नोकरशाही पूँजीवाद र दक्षिणपन्थी विस्तारवाद विरुद्ध एमाले मात्रै लडिरहेको छ ।’ उनले भने ।
०८४ को चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र त्यसपछि स्थायी सरकार गठन भई देशले गति लिने, विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई छ । नेकपा एमाले जनताको अथक मेहनत, संघर्ष र समर्पणले बनेको पार्टी भएकाले पञ्चायत फाल्ने, निरंकुशतन्त्र ढाल्ने अगुवा पार्टी बनेको गुरुङको भनाई छ ।
‘अरुले बनाएको, विदेशीले बनाएको पार्टी देशको हितमा, जनताको हितमा हुँदैन । मदन भण्डारी किन ठीक थिए ? एमाले किन यति सर्वप्रिय बन्यो ? भन्दा जनताको संघर्ष, त्याग र समर्पणकै कारण हो । नेकपा एमाले गौरवशाली पार्टी किन बन्यो ? भन्दा उग्रवादी माओवादी र दक्षिणपन्थी काँग्रेसलाई सही बाटोमा ल्याउने पार्टी भएकाले नै हो ।’ गुरुङको ठोकुवा थियो ।
आगामी चुनावमा बहुमत प्राप्त गर्न भातृ संगठनहरु, यस्ता मञ्चहरु, शुभेच्छुक संगठनहरु क्रियाशील हुनुपर्ने र अहिलेदेखि नै जागृत हुन पनि निर्देश गरे । तीज विशेष कार्यक्रममा महिलाहरुलाई सम्बोधन गर्दै उनले बच्चाहरुलाई मेहनत, संघर्ष गर्न सिकाउनुपर्ने नत्र, उनीहरुले दुःख पाउने बताए । ‘बच्चालाई दुःख बुझाउनुहोस् । नत्र, समस्यासँग जुध्न सक्दैनन् । बाँच्न सक्दैनन् ।’ गुरुङले भने ।
कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको गुरुङले बताए ।

विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारीले राजनीतिक प्रतिद्वन्द्वी काँग्रेस रहेकाले काँग्रेसको पछि हिँड्ने अन्यबाट कुनै खतरा नरहेको बताए । उनले भने– ‘अरू दलसँग वैचारिक मतभिन्नता होइन । काँग्रेसले सबै भन्दा बढी सरकार चलायो, के ग¥यो ? भन्न सक्दैनन् । अरु दल त काँग्रेसकै पछि छन् । सिद्धान्त विचार एकातिर छ, काम, व्यवहार अर्कोतिर छ । तर, नेकपा एमाले जति सरकारमा रह्यो । देश बनायो । आफ्नो गाउँ, आफैं बनाऔं नाराका साथ नेतृत्व सुरु गरेको एमालेले सधैं राम्रो नै गरेको छ ।’ उनले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घलेले धादिङबाट कामको सिलसिलामा पोखरा आएर वा यहीँ नै स्थायी बसोबास गरेर पनि पार्टीको हितमा लागिरहँदा असाध्यै खुशी लागेको बताए । उनले धादिङमा साढे ९ हजार संगठित सदस्य रहेकोमा बढाउने अभियानमा रहेको जनाउँदै २०८४ मा बहुमत प्राप्त गर्नको लागि पोखराका साथीहरू सबै लाग्नुपर्ने बताए ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टी विस्तार र विकासका लागि धादिङबासीको योगदान महत्वपूर्ण रहेको बताए । अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको बताए ।
जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक लगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए ।
उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो ।
यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।

सम्बन्धित समाचारः
गठबन्धन कतिन्जेल टिक्छ ? हेरौं: एमाले उपाध्यक्ष पाण्डे
सम्बन्धित खबर
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन