धरान। मेयर हर्कराज साम्पाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेख्दै धरानका डिएसपीको सरुवाको माग गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री श्रेष्ठलाई पत्र लेखेका हुन्।
पत्रमा साम्पाङले डीएसपी नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा खासै केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने, सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने तथा गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई पक्राउ गरी छानबिन नगर्ने लगायतका आरोप लगाएका छन्।
“नगर प्रमुख स्वयंले दिएको उजुरी दर्ता नगर्ने लगायत कसैले आक्रमण गर्दैछ भनेर उपमेयरले जानकारी गराउँदा प्रहरी नपठाएर स्थानीय सरकारको आदेश पालना नगरेको र शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकोले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय सरकार के शान्ति सुरक्षा गर्न नसकी मुकदर्शक बन्ने डीएसपी मल्ललाई तुरुन्त सरुवा गरी अर्को पठाइदिनहुन अनुरोध छ।” पत्रमा लेखिएको छ।

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने