काठमाडौं । नेपाल र चीनबीच थप १० सम्झौता र ३ समझदारी भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा नेपाल र चीनका सरकारी अधिकारीहरूले १० सम्झौता र ३ समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । उनका अनुसार नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयको बीचमा विज्ञान तथा प्रविधि र अन्वेषण अनुसन्धान अघि बढाउन सम्झौता भएको छ ।
सन् १९८१ को नेपाल-चीन व्यापार सम्झौताको समीक्षा गर्न संयुक्त प्राविधिक समूह निर्माण गर्ने र सम्झौताको समीक्षा गर्न नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको व्यापार मन्त्रालयले काम गर्नेगरी सहमति भएको बताइएको छ । त्यसैगरी कृषि, पशुपालन र मत्स्यपालन विकास गर्न चीनको कृषि तथा ग्रामीण सरोकार मन्त्रालय र नेपालको कृषि, पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ ।
औषधि उत्पादन गर्न चीनतर्फ नेपालको जडीबुटी निर्यात अघि बढाउन नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र चीनको भन्सार प्रशासनबीच समझदारी भएको छ । चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालस्थित राष्ट्रिय योजना आयोगबीच साझेदारी गरेर अघि बढ्ने समझदारीमा पनि हस्ताक्षर भएको छ ।
चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थव्यवस्थासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्वन उत्सर्जनसम्बन्धी अर्को समझदारीमा पनि हस्ताक्षर भएको छ ।
यसैगरी दुई देशबीच प्राकृतिक विपद् उद्धार सामग्रीसम्बन्धी पत्र आदान-प्रदान, सिजाली उच्च माध्यमिक विद्यालय परियोजना अघि बढाउने सम्झौतामा हस्ताक्षर र प्राकृतिक विपद् उद्दार सामग्रीसम्बन्धी पत्र र मानवीय स्रोत आदान-प्रदानबारे समझदारी भएको छ ।
दुई देशबीच हिल्सा-सिमकोट सडक परियोजना अघि बढाउने कुरामा पनि समझदारी भएको छ । यी सम्झौता र समझदारीमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा नेपाली प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा हस्ताक्षर भएको हो ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो