पोखरा । पूर्व जानकारी नगराई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै यतिबेला देशभर विरोध भइरहेको छ ।
भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कुटी, नावी, गुञ्जी क्षेत्रमा बिहीबार मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भ्रमण गरेका थिए । तर, भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे कुनैपनि जानकारी दिएको थिएन।
बिनासूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री गगन थापा, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा लगायतका पार्टी तथा नेताहरूले विरोध जनाउनुका साथै उनीहरूले मोदी भ्रमणबारे सरकारको स्पष्ट धारणा माग गरेका छन्।
यही क्रममा पोखरामा रहेर शिक्षण पेशासँगै संचारकर्ममा आवद्ध ‘रघुनाथ वाग्ले’ ले अंग्रेजी भाषामा मोदीलाई दिएको संदेश यतिबेला सामाजिक संजालमा चर्चामा छ।
वाग्लेले मोदीको कालापानी क्षेत्रमा पुग्ने शैली, अतिक्रमण गर्ने इच्छा भनेका छन्। ‘तपाईलाई हाम्रो क्षेत्रहरूमा ठूलो कृतज्ञताका साथ स्वागत छ, स्वागत गरिनेछ, कुनै समस्या छैन। तर, म आज हाम्रो इलाका कालापानी क्षेत्रमा प्रवेश गर्नको लागि तपाइँको शैलीलाई समर्थन गर्न चाहन्न, जुन तपाइँ उत्तराखण्ड मान्नुहुन्छ।’- वाग्लेले भनेका छन्।
‘मोदीले हाम्रो तीर्थस्थलमा पुग्नु चिन्ताको विषय नभएपनि भ्रमणको अतिक्रमण भावनालाई कहिल्यै पक्षमा लिन नसकिने भन्दै कालापानी पूर्ण रूपमा नेपालको स्वाधिनमा रहेको र यसको समर्थन प्रमाण संयुक्त राष्ट्रमा सुरक्षित रहेको भिडियोमा संदेशमा उल्लेख गरेका छन् ।
यस्तो छ वाग्लेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’