पोखरा । घाँस काट्ने क्रममा लडेका चर्चित अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यअवस्थामा राम्रो सुधार भइरहेको छ । शरीरका घाउ चोटहरु बिसेक हुँदैछन् । भित्री दुखाई कम महसुस हुँदै गरेको घिमिरे बताउँछन् ।
मंगलबारसम्म आइपुग्दा उनको ज्यान मात्र मणिपाल हस्पिटलको बेडमा छ । मन भने फिल्म सेटमै छ । बेड छाडेर सेटमा पुग्ने हुटहुटी छ । भेट्न पुग्ने शुभेच्छुकसँग मज्जाले गफिन्छन् । फिल्म हलमा चलिरहेको आफू अभिनित फिल्मबारे सोधीखोजी गर्छन् । सुटिङ रोकिएका फिल्मबारे चिन्ता मान्छन् । रसिक स्वभावका उनले उस्तै पारामा दोहोरो कुराकानी गर्छन् । तर, अझै केही दिन कम भेटघाट गर्न चिकित्सकले सुझाएका छन् ।
अभिनेता घिमिरेलाई आइसियूबाट आइतबार वार्डमा सारिसकिएको छ । त्यहाँ नै उनको दैनिक फिजियोथेरापी चलिरहेको छ । घिमिरेको स्वास्थ्यलाभमा चिकित्सक छोरी र आफन्तको पनि महत्वपूर्ण भूमिका छ । छोरी डा. रेशा शर्माले चिकित्सकीय सेवादेखि थेरापीसम्ममा साथ दिइरहेकी छिन् । अबको केहि दिनमा डिस्चार्ज हुने भाइ षडङ्गराज घिमिरेले जनाए ।
हामीसँगको कुराकानीमा घिमिरेले फिल्म हलमा चलिरहेको भष्मे डन, सुटिङ जारी रहेको डिग्री माईला, सुटिङ सुरु हुन लागेको महाजात्रा आदि चलचित्रबारे चिन्ता व्यक्त गरे । महाजात्राको निर्माणपक्षसँग फोनमै कुराकानी पनि गरे । आफ्नो स्वास्थ्यसुधारको लागि बौद्धविधि अनुसार पूजापाठ गरेकोमा कार्यकारी निर्माता एवं अभिनेता रबिन्द्रसिंह बानियाँलाई आभार व्यक्त गरे ।
लडेपछि अचेत उनको अस्पतालको बेडमै होस फर्कियो । आफ्नो लागि शुभेच्छा र प्रार्थना गर्नेहरु धेरै पाएकोमा प्रशन्नता व्यक्त गर्दै उनले भने – ‘माया गर्ने मान्छे धेरै कमाएछु । यही रहेछ कमाएको । खुशी लागेको छ ।’
घिमिरे दशैं चलिरहेका बेला गत कार्तिक १० गते शुक्रबार पोखरा नदिपुरको भिरमा गाईलाई घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भई अचेत भएका थिए । पहराबाट उनी करिब ५० मिटर तल झाडीमा खसेका थिए।
तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा त्यहीँ निरन्तर उपचार भैरहेको छ । हेलिकोप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी गरिरहँदा चिकित्सकले मणिपालमै उपचार हुने भनेपछि यहीँ उपचारलाई निरन्तरता दिइएको थियो ।
उनको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले फिजियोथेरापीको काम भइरहेको छ । प्रकाशको टाउकोमा चोट लागेको छ। करङसम्मै भेटिने गरी छातीमा चोट लागेको थियो । ढाडमा पनि चोट लागेको थियो । अहिले ठीक हुँदैछ ।

नाटकबाट अभिनय यात्रा थालेका प्रकाशले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले २०६१/६२ सालतिर निर्देशक नबिन सुब्बाद्वारा निर्देशित नेपाल टेलिभिजनमा प्रसारित नेपाली धारावाहिक टेलिसिरियल ‘दलन’मा अभिनय पनि गरे । यो उनको चलचित्र क्षेत्रमा पहिलो डेब्यू थियो ।
विस्तारै उनी अभिनय यात्रा सिने क्षेत्रमा छलाङ्ग मार्दै गयो । उनीद्वारा अभिनित नेपाली चलचित्रहरु ‘टलक जंग भर्सेस टुल्के, जात्रा, जात्रै जात्रा, पशुपति प्रसाद, छ माया छपक्कै, साईंली, फन्को, पञ्चे बाजा, घाम पानी, पानीफोटो आदि छन् । प्रकाश अभिनीत चलचित्र ’पशुपति प्रसाद २ः भष्मे डन’ अहिले प्रदर्शनमा छ।
नदिपुरकै कन्या माविमा ३७ वर्ष शिक्षण गरेका प्रकाश २०७५ सालमा अवकाश लिएपछि अभिनय क्षेत्रमा क्रियाशील भएका हुन्।
सम्बन्धित समाचारः
महाजात्रा’ निर्माणपक्षसँग अभिनेता घिमिरे कृतज्ञ
जात्रा, जात्रै जात्रा पछि ‘महाजात्रा’, काठमाडौंबाट सुरु भयो छायांकन
अभिनेता घिमिरेको स्वास्थ्य अवस्थामा सुधार
कलाकार घिमिरेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प