पोखरा । पोखरा महानगर पालिका वडा नं– ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरि मनाएको छ ।
सहकारीले शनिबार आफ्नो १५ औ स्थापना दिवशको अबसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तरगत “हाम्रो पोखरा सफा बैदाम” भन्ने मूलनारालाई सार्थक बनाउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पोखरा महानगर पालिका वडा नं— ६ बैदाममा रहेका १७ वटा आमा समुहहरुको सहभागितामा बैदाम क्षेत्रको सत्रौ स्थान बाट एक साथ सुरु गरि सरसफाई अभियान थालिएको थियो । सफाई अभियानमा ८० बोरा नकुहिने पलास्टीक जन्य फोहोर संकलन गरिएको संस्थाका सचिब सुन्दरराज पहारीले जानकारी गराएका थिए ।
कार्यक्रममा सहकारीका सदस्यहरु सहित आमा समुहहरु गरि करिब १ सय ५० जनाको वृहत सहभागितामा उक्त फोहरा संकलन गरिको थियो । पोखरा महानगर पालिका फोहोर ब्यबस्थापन समिति सग समन्वय गरि उक्त पोखरालाई ब्यब्स्थापन गरिएको लेखा समितिका सदस्य हेडम्बराज अधिकारीले जानकारी दिए ।
सफाई अभियानको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नंं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईमा सबै संघसंस्था लाग्न पर्नेमा जोड दिए । उनले “हाम्रो पोखरा सफा बैदाम” भन्ने नारालाई सफल बनाउन स्थानिय सघ सस्थाहरु सग हातेमालो गर्दै महानगर पालिका अगाडी बढने प्रतिवद्धता ब्यक्त गरे।
संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए ।
२०६५ सालमा स्थापना भएको सहकारीमा ९ करोड ४० लाख शेयर पुजि रहेको छ । ४२ करोड रुपैयाँ भन्दा माथि लगानी रहेको सहकारीमा तरलता प्रतिशत २५५ रहेको छ भने, खुला सदस्य निति अनुरुप हालसम्म ३ सय ७२ जना शेयर सदस्य रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो