पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।
संस्थाको. वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत धार्मिक एवम् ऐतिहासिक महत्वका गोरखा कालिका मन्दिर, गोरखा दरबार, गोरखनाथ मन्दिर आदिको दर्शन एवम् अवलोकनका साथै नेपाल एकिकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको लिगलिगकोटको प्रवद्र्धनात्मक भ्रमण गरिएको उनले बताए ।
प्रवद्र्धनात्मक भ्रमणमा संस्थामा आवद्ध ६९ जनाको सहभागिता रहेको सचिव मोहनराज बरालले उनले जानकारी दिए ।
यस किसिमका कार्यक्रमले आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको संस्थाका सचिव मोहनराज बरालले बताए ।
नेपाल राज्यको एकिकरणको इतिहासमा गोरखा दरबार, लिगलिगकोट जस्ता स्थलहरूको विशिष्ट महत्व रहेको छ ।
गोरखा दरबार पृथ्वीनारायण शाहको इतिहाससँग प्रत्यक्ष सम्बन्धित छ । नेपाल एकीकरणको सुरुवातसँगै पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानमा रहेको संग्रहालयमा दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन् ।
त्कालीन राजाहरूको राज्य सञ्चालनमा प्रयोग गरेका सामग्रीहरू देख्न पाइनु यहाँको विशिष्टता हो । शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा राखिएको छ । गुरु गोरखनाथका पूजा सामग्री एवम् बाजागाजा, नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियार, पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्री देख्न पाइनु यहाँको विशिष्टता हो ।
आधुनिक नेपालको एकीकरण पूर्व पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो । इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो ।
दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बनेकोमा १३ औं पटकको दौड भने द्रब्यशाहले जिते र त्यहाँको राजा भएको इतिहास छ ।
ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक महत्वको लिगलिगकोटमा नेपालको ठूलो झण्डा पर्यटकका लागि थप आकर्षण बनेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती