स्याङ्जा । नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका छन् ।
स्याङ्जाको पुतलीबजारमा नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान अनुसार कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका हुन् ।
उनले संविधानमा समानुपातिक समावेशी सिद्धान्त लागू हुँदै गएकाले पनि पार्टीको एकल बहुमत आउन सक्ने अवस्था नरहेको हुँदा बहुमत पुर्याउन कुनै न कुनै पार्टीसङ्ग गठबन्धन गर्न बाध्य भएको उल्लेख गरे । अहिले नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुसङ्ग नेपाली काङ्ग्रेसले गठबन्धन गरेको उनको भनाई थियो ।
सभापति देउवाले आफूले स्याङ्जामा पाइला टेक्दा नेपाली काङ्ग्रेसको इतिहासमा नै यो ठाउँ क्रान्तिकारी ठाउँ भएको स्मरण गरे । उनले स्याङ्जा जिल्लालाई थप बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
जनताले चाहेको जस्तो नभएतापनि नेपालमा बहुदलीय व्यवस्था आएपछि विकासमा देशले धेरै परिवर्तन पाएकोमा उनको दावी थियो । उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विकास भएको बताउँदै वैदेशिक रोजगारमा जाँदा ख्याल गर्नुपर्ने, महिला अधिकारहरुलाई बढाउँदै जानेमा जोड दिए ।
सम्मेलनमा सभापति देउवाले सत्ता सबैलाई आवश्यक रहेको र सत्ताको लागि मारामार गरी प्रतिस्पर्धा हुने गरेकाले नेता कार्यकर्तालाई जनतामा गएर संगठन बनाएर एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिए ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह