पोखरा । लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ्रे गाउँपालिका–२ मा रहेको वाराहि आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।
गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउनुहुदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए ।
बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई थियो ।
माछापुच्छ्रे गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुँदै गएको बताए ।
कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य लगायतले लायन्सले गरेको योगदानको चर्चा गरेका थिए ।
विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए ।
कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा