पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले शनिबार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूँले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टा साधकलाई राष्ट्रका असल सन्तानका रूपमा चित्रित गरिन् ।
प्रतिष्ठानको रजत वर्ष सम्मानप्रति आभार व्यक्त गर्दै उनले उक्त सम्मान आफ्नो साहित्ययात्रामा अविस्मरणीय पहिचान बनेर बस्ने बताइन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले हेमजा हरेक क्षेत्रले पृथक पहिचान बोकेको स्थान भएको चर्चा गर्दै मातृभाषा दिवसका सन्दर्भमा यसरी नेपाली भाषी भारतीय साहित्यकारलाई हेमजामा बोलाएर मर्म अनुसारको स्तुत्य कर्म गरेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले भाषा साहित्यको श्रीवृद्धिका लाग्छौं भन्नेहरू कुष्ठा र अहम्को भरियावादबाट माथि उठ्न नसक्दा साहित्यको श्रीवृद्धि असली रूपमा हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले असम निवासी नेपालीभाषी साहित्यकारको हेमजा आगमनले प्रतिष्ठानका रजतवर्षका गतिविधिले थप उचाइ लिने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक सचिव कोविदशरण उपाध्याय, उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
सोही समारोहबीच प्रतिष्ठानले १२२ औं सम जयन्तीको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको पुरस्कासमेत अर्पण गरेको छ ।
उक्त प्रतियोगितामा केफ माविकी मुस्कान पोखरेल, धवलागिरि बोर्डिङका एलिस सुवेदी, श्री अम्बिका माविका रोजी भण्डारी र धवलागिरि बोर्डिङ्की एलिना अधिकारीले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगिता संयोजक भानुभक्त अविरलले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटनका लागि प्रतिष्ठानले तत्स्थानीय शीर्षकसहितको निबन्ध लेखन प्रतियोगिता राखेको बताए । उनले प्रतियोगितामा विभिन्न विद्यालयका ११ जना विद्यार्थी सहभागी भएकामा अन्य विद्यार्थीलाई सहभागिता प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा डा अनिल थापा, गंगा त्रिपाठी, षष्टिवल्लभ तिवारी, सौगात विक, संगम गायक, असिम गायकलगायतले रचनावाचन गरेका थिए । यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानको एकमहिने सारंगी प्रशिक्षण प्राप्त विद्यार्थी भाइबहिनीबाट सारङ्गीमा राष्ट्रगानसहित कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु