पोखरा । सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको गाडीमा राखेर जिल्ला अदालत लगिएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्दै छ । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।
लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।
यसैबीच, रास्वपाले आज सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । रास्वपा नेता दीपक बोहराका अनुसार अहिले पोखराको जिरो किलोस्थित घण्टी घरमा रविका समर्थकले वृहत खबरदारी सभा गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीले सो क्षेत्रलाई कडा रूपमा सुरक्षा निगरानी गरिरहेको छ।
जिल्ला प्रहरी कास्कीका अनुसार रविसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो