पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार पूरा गर्न जनमत निर्माण गर्ने अवसरको रुपमा लिएको बताएका छन् । स्थानीय तहको उपनिर्वाचन सन्दर्भमा बोल्दै बस्नेतले संघ, प्रदेश र स्थानीय तहबीच यथोचित साझेदारी, सुमधुर र सहयोगात्मक सम्बन्धको विकास गर्दै जनअपेक्षा पूरा गर्ने तर्फ ध्यान दिनुपर्ने कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘स्थानीय तहसँग जनताको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम, सेवा र सुविधाहरु जोडिएको हुन्छ । स्थानीय तह समावेशी लोकतन्त्र र समावेशी विकासलाई अपनत्वसहित प्रत्याभूति गर्ने प्रमुख आधार हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सवल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह आवश्यक हुने भन्दै संघीयता कार्यान्वयनका हाम्रा अनुभव, सफल अभ्यास र सकारात्मक पक्षको आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा बस्नेतले जोड दिए ।
संविधान जारी गर्दाका बखत पार्टीका केही सैद्धान्तिक विमति रहेका थिए । तसर्थ स्थानीय तह उपनिर्वाचनको अभियान सञ्चालन गर्दैगर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने उनले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने