जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो ।
जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ ।
परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्टपेन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडासहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५–२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरेको थियो ।
२० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा मात्रै उनीहरुलाई विवाहमा सहभागी गराइएको अध्यक्ष साहले बताए । यसरी एक जोडीको बिहेको व्यवस्थापनमा ७०–८० हजार रुपैयाँ खर्च भएको उनले बताए । आर्थिक सहयोग संकलन गरी खर्च जुटाउने गरिएको छ ।
त्रेता युगदेखि नै जनकपुरधाम उत्तम विवाह भूमि हो भन्ने संस्कृतिलाई प्रवद्ध गर्न विश्व हिन्दु परिषद्ले ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा जोडीहरुको सामूहिक विवाह आयोजन गर्दै आएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने