अनेरास्ववियुले नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने भएको छ। अनेरास्ववियुले उक्त कक्षा सञ्चालनको लागि सूचना जारी गर्दै फाराम भर्न आव्हान गरेको छ।
अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सेनाका अनुसार उनकै आतिथ्यमा र अध्यक्ष निराजन थापाको अध्यक्षतामा पुस १ गते सम्पन्न तेस्रो पदाधिकारी बैठकले यो निर्णय गरेको हो।
तिमिल्सेनाले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै सूचना जारी गरिएको जानकारी दिए।
‘विभिन्न पेसा एवं व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको छ ।’ सूचनामा भनिएको छ,‘त्यसैले देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले पौष १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम (https://forms.gle/aZHPtyMntCzhFKeq5) मा भरी यस कमिटीमा आवेदन पेस गर्नुहुन र प्राप्त यो सुवर्ण अवसरलाई ग्रहण गर्नुहुन हार्दिक अनुरोध छ।’
इन्चार्ज तिमिल्सेनाले यसका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा आफूले नै लिएको जानकारी दिए। उनले विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरूलाई तथा पेसा व्यवसायको कारण अध्ययनमा कम समय दिने सबै युवाहरूको लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न जिल्ला कमिटीलाई पनि निर्देशन दिए।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’