रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका २२ वटा विद्यालयमा अध्ययनरत १७ सय बढी बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको छ ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, एसडब्लूएन र मेटल फर नेपालको आर्थिक साझेदारी तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा हिमाली जिल्ला रुकुम (पूर्व) का विद्यार्थीको पठन अभियानमा सहजीकरण गर्न न्यानो ज्याकेट परियोजना सञ्चालन गरिँदै आएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए ।
१२ दिनसम्म पैदलयात्रा गरी विद्यालयहरुमै पुगेर १ हजार ७ सय ३३ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको कुँवरले जानकारी दिए ।
संस्थाका रुकुम (पूर्व) जिल्ला संयोजक कर्मसिंह घर्ती मगरको अगुवाईमा नेपाल तथा विदेशका १८ जना स्वयंसेवक टोलीले १० दिन लगाएर वितरण गरेको थियो। न्यानो ज्याकेट कार्यक्रममा मात्र यो बर्ष २२ लाख ५३ हजार खर्च गरिएको संस्थाले जनाएको छ ।

वितरण कार्यक्रमको समुद्घाटन पुथ उत्तरगंगा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष नर पुरा घर्ति र मेटल फर नेपालका फ्लावर केसीले संयुक्तरुपमा कोल गाउँबाट गरेका । वडा नं. १४ का वडा अध्यक्ष द्रवेश बुढा मगरले सिद्धमण्डली माविमा न्यानो ज्याकेट वितरण कार्यक्रमा बोल्दै ‘राज्यले गर्न नसकेको काम कर्मफ्लाइट्स मार्फत भएको हुँदा स्थानीय तहलाई विकास निर्माणमा ठूलो सहयोग भएको’ बताएका थिए ।
बालकल्याण आवि घरेलुटाकुराका प्रधानाध्यापक अर्जुन बुढा क्षेत्रीले न्यानो ज्याकेट तथा पुस्तकालयको लागि पुस्तक वितरण कार्यक्रम यो विद्यालयमा पहिलो पटक भएको र यस्तो कार्यक्रम पहिला प्रदेश मुख्यमन्त्री कार्यक्रम मार्फत हुने भनिए पनि कहिल्यै नभएको गुनासो गरेका थिए ।
कर्मफ्लाइट्स फाउन्डेसन पोखरा कास्कील रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका ३ वटा विद्यालय र वडा नं ७ को १ विद्यालयमा पुस्तकालयको लागि पुस्तकहरू वितरण गरिसकेको छ ।

अब थप ५ वटा विद्यालयमा पुस्तकालय स्थापना भैसकेपछि सबै ४६ वटै बिद्यालयमा एक बिद्यालय एक पुस्तकालय कार्यक्रम सम्पन्न हुने स्थानिय अभियन्ता कर्मसिंह घर्ति मगरले जानकारी दिए।
आफ्नो स्थापनाकालदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थुप्रै कामकार्य गरिआएको कर्मफ्लाइट्स फाउन्डेसनले ‘एक विद्यालय, एक पुस्तकालय’ कार्यक्रम मार्फत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं ८ मा रहेका जनसहयोग मावि रिवाङचौर, लालपाटन आधारभूत विद्यालय चुमा र बालकल्याण आधारभूत विद्यालय घरेलुटाकुरा र वडा नं ७ मा रहेको आधारभूत विद्यालय खारखोलामा पुस्तकालय स्थापनार्थ पुस्तक वितरण गरेको संस्थाले जनाएको छ ।
साथै, यसअघि संस्थाले ११ वटा विद्यालयहरुमा एस्ट्रो क्याम्पसहित टेलिस्कोप प्रदान गरेकोमा पोखरा एस्ट्रोनोमिक सोसाइटीको सक्रियतामा पुनः ति विद्यालयमा एस्ट्रो क्याम्प र आकासमा तारा अवलोकन गरिएको थियो भने सबै विद्यालयहरुमा जाडोमा बच्न के कस्ता सावाधानीहरु अपनाउने तथा आधारभूत प्राथमिक उपचार लगायतको बिषयमा संग्लग्न स्वास्थ्यकर्मीबाट स्वास्थ्य शिक्षा कार्यक्रम पनि संगसंगै संचालन गरिएको संस्थाको भनाई छ ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने