पोखरा । ३५ औँ प्याब्सन दिवस समारोहमा २०८० को एसईईमा कास्की जिल्लाबाट ४ जिपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
शान्ति निकेतन स्कुल, पोखरा–५, पर्स्याङकी अदिति पराजुलीसँगै १७ जना सम्मानित भएको विद्यालयले जानकारी दिएको छ ।
एसईई–२०८० मा कास्की जिल्लाबाट शान्ति निकेतनसँगै मदरल्याण्ड, डिज्नील्याण्ड, सृजना, न्याश्नल इन्भेन्टिभ र बालोदय स्कुलका १७ जना विद्यार्थी र सम्बन्धित विद्यालयलाई सम्मान पत्र दोसल्ला र मालाले सम्मान गरिएको हो ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेललगायतले सम्मान गरेका हुन् । शान्ति निकेतनका लागि संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले सम्मानपत्र ग्रहण गरे ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्य, प्रदेश परीक्षा नियन्त्रण कार्यालयका प्रमुख, गोविन्द प्रसाद पोखरेल, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
शान्ति निकेतन स्कुलबाट जिपिए ४ ल्याउने मेधावी विद्यार्थी अदिति पराजुली अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि निपूर्ण रहेको विद्यालयका भाइस प्रिन्सिपल यदुविलास भुर्त्यालले जानकारी दिए ।

सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ