पोखरा । ३५ औँ प्याब्सन दिवस समारोहमा २०८० को एसईईमा कास्की जिल्लाबाट ४ जिपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
शान्ति निकेतन स्कुल, पोखरा–५, पर्स्याङकी अदिति पराजुलीसँगै १७ जना सम्मानित भएको विद्यालयले जानकारी दिएको छ ।
एसईई–२०८० मा कास्की जिल्लाबाट शान्ति निकेतनसँगै मदरल्याण्ड, डिज्नील्याण्ड, सृजना, न्याश्नल इन्भेन्टिभ र बालोदय स्कुलका १७ जना विद्यार्थी र सम्बन्धित विद्यालयलाई सम्मान पत्र दोसल्ला र मालाले सम्मान गरिएको हो ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेललगायतले सम्मान गरेका हुन् । शान्ति निकेतनका लागि संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले सम्मानपत्र ग्रहण गरे ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्य, प्रदेश परीक्षा नियन्त्रण कार्यालयका प्रमुख, गोविन्द प्रसाद पोखरेल, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
शान्ति निकेतन स्कुलबाट जिपिए ४ ल्याउने मेधावी विद्यार्थी अदिति पराजुली अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि निपूर्ण रहेको विद्यालयका भाइस प्रिन्सिपल यदुविलास भुर्त्यालले जानकारी दिए ।

सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो