पोखरा । नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ । यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन् ।
कुल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको सङ्ख्या २३ भएको अन्तर्राष्ट्रिय खो–खो महासङ्घले जनाएको छ ।
पुरुष खो–खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो–खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसिएशनले जनाएको छ ।
भोलि दिउँसो नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने नेपाली टोलीको आज बिदाइ हुनेछ । विश्वकपमा पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, पेरु र ब्राजिल रहेका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्याण्ड्स र इरान रहेका छन् ।
समूह ‘सी’मा बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड रहेका छन् । यसैगरी समूह ‘डी’मा इंगल्याण्ड, जर्मनी, मलेसिया र केन्या रहेका छन् ।
नेपालले उद्घाटन खेलमा आउने सोमवार भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि समूहचरणमै मङ्गलवार पेरुसँग, बुधवार ब्राजिलसँग र बिहीवार भुटानसँग खेल्नेछ ।
यस्तै विश्वकपमा नेपाली महिला टोली समूह ‘सी’ मा परेको छ । यो समूहमा भुटान, श्रीलङ्का, जर्मनी र बङ्गलादेश रहेका छन् । महिला विश्वकपको समूह ‘ए’ मा भारत, इरान, मलेसिया र दक्षिण कोरिया रहेका छन् ।
समूह ‘बी’ मा इंगल्याण्ड, अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स रहेका छन् । यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इण्डोनेशिया रहेका छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’