मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६, डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार एकापसमा ठोक्किएका थिए ।
कारका चालक हेटौँडा उपमहाननगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र त्यसमै सवार चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कारचालकको उपचारका क्रममा चितवन अस्पताल र नयाँ मेडिकल कलेजमा श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा राप्ती–२, गड्यौलीका ५५ वर्षीय ओमकुमार श्रेष्ठ, सोही ठाउँका २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैयाका २६ वर्षीया पूजादेवी साह, निजकी छोरी आठ वर्षीया प्रियान्सी साह, सोही ठाउँका २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशाकुमारी साह, १५ वर्षीय ओमशंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षीया आरतीकुमारी साह, चार वर्षीया दिव्याकुमारी साह, १६ वर्षीया सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा घाइते भएका छन् ।
घाइते सबैको उपचार इलाइभ अस्पताल चितवनमा भइरहेको छ ।
कारलाई ठक्कर दिने स्कार्पियो चालक रौतहट घर भई पर्साको वीरगञ्ज बस्ने २० वर्षीय किशन जैसवाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’