पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले पदभार ग्रहण गरेका छन् । बुधबार उनको स्वागत तथा पदस्थापना कार्यक्रम भएको हो ।
आइतबार त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका २४ क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको थियो ।
ताप्लेजुङको सिनाममा जन्मिएका पाठक हाल पोखरा ५, पस्र्याङमा बस्दै आएका छन् । उनले पृथ्वीनारायण क्याम्पसमा ३० वर्षभन्दा बढी समयदेखि प्राध्यापन गर्दै आएका छन् । व्यवस्थापन विषयका प्राडा पाठकले त्रिविबाटै विद्यावारिधि गरेका हुन् ।
२०५१ सालमा व्यवस्थापन संकायमा सहायक प्राध्यापकको रुपमा प्रवेश गरेका थिए । उनी व्यवस्थापन संकायका विभागीय प्रमुखसमेत थिए । अनुसन्धान तथा नवप्रवर्तन केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य हुन् । द जर्नल अफ नेप्लिज बिजनेस स्टडिजका कार्यकारी सम्पादक उनी आन्तरिक गुणस्तर सुनिश्चितता समितिद्वारा गठित एमबिएस पाठ्यक्रम मूल्याङ्कन र सुझाव समितिका समन्वय भई सेवा गरेका छन् ।
पिएनलगायत अन्य क्याम्पसका व्यवस्थापन संकायका शिक्षक तथा विद्यार्थीहरूलाई एसपिएसएस सफ्टवेयर चलाउने, अनुसन्धान पद्दति, अनुसन्धान लेख लेख्ने, अनुसन्धान प्रस्ताव लेखन, थेसिस लेखन, आदि विषयमा तालिम प्रदान गर्दै आएका छन् ।
उनले क्याम्पसले शैक्षिक उत्कृष्टता अभिवृद्ध गर्ने, शिक्षक तथा कर्मचारी विकास, विद्यार्थीको निरन्तरता, उत्तीर्ण दर र समग्र सहभागितामा वृद्धि गर्ने, समुदायसँगको सहकार्य र पहुँचलाई सुदृढ गर्ने, पृथ्वीनारायण क्याम्पसलाई प्रमाणपत्र प्रदान गर्ने संस्था बनाउन रुपान्तरण गर्ने लक्ष्य राखेका छन् ।
सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण