पोखरा । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको नयाँ मुद्दामा १४ वर्षको जेल सजाय तोकिएको छ।
पूर्व क्रिकेटर खानको जीवनमा यो अहिलेसम्मकै सबैभन्दा लामो कारावास सजाय हो। उनी गत वर्षको अगस्त महीनादेखि नै थुनामा छन्।
उनीमाथि विभिन्न प्रकृतिका सयभन्दा बढी मुद्दा दायर गरिएका छन्। ती मुद्दामा राष्ट्रिय गोपनीयता भङ्ग गरेकोदेखि राज्यका उपहारहरू बेचेको आरोपसम्म लगाइएको छ। खानले भने सबै मुद्दा राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन्।
पछिल्लो मुद्दामा खान र उनकी श्रीमती बुशरा बिबीले अल–कादिर ट्रस्टमार्फत एक रियल स्टेट व्यवसायीबाट घूस स्वरूप जग्गा लिएको आरोप छ। यो ट्रस्ट खान प्रधानमन्त्री हुँदा स्थापना गरिएको थियो। पाकिस्तानी अधिकारीहरूका अनुसार यो देशकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा हो, यद्यपि विगतमा पनि पूर्व नेताहरू संलग्न भएका ठूला आर्थिक घोटालाहरू भएका छन्।
अनुसन्धानकर्ताहरूको भनाइमा इमरान खानले बेलायतको नेशनल क्राइम एजेन्सीबाट फिर्ता भएको १९० मिलियन पाउन्ड (२३२ मिलियन डलर) उक्त व्यवसायीको अदालती जरिवाना तिर्नमा प्रयोग गरेको आरोप छ।
यस मुद्दामा खानलाई दिन सकिने अधिकतम सजाय १४ वर्ष जेल र चार हजार पाउन्डभन्दा बढी जरिवाना तोकिएको छ। उनकी श्रीमती बुशरा बिबीलाई सात वर्षको कारावास र दुई हजार पाउन्डभन्दा बढी जरिवानाको सजाय सुनाइएको छ। गत अक्टोबरदेखि जमानतमा रिहा भएकी बिबीलाई सजाय सुनाए लगत्तै अदालतबाटै हिरासतमा लिइएको छ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई सन् २०२३ मा पहिलो पटक सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेर आर्जित रकम नदेखाएको आरोपमा तीन वर्षको जेल सजाय भएको थियो।
त्यसपछि उनलाई राज्यका उपहारहरू बेचेको मुद्दामा १४ वर्ष र राष्ट्रिय गोपनीयता भङ्ग गरेको मुद्दामा १० वर्षको थप जेल सजाय तोकिएको थियो। यी दुवै सजायहरू केही महीनापछि स्थगित गरिएका थिए।
खान विरुद्धको कानूनी कारबाहीको विरोधमा उनका समर्थकहरूले देशभर प्रदर्शन गरिरहेका छन्। हजारौं प्रदर्शनकारी पक्राउ परेका छन् भने प्रहरीसँगको झडपमा धेरै घाइते भएका छन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन