काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।
सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् भने राईले ६ सय १५ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।
अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । राईले जनार्दन शर्मा पक्षधरको प्यानलबाट उम्मेदवारी दिएका थिए । यादव नारायणकाजी श्रेष्ठ र पौडेलले वर्षमान पुन पक्षधरको प्यानल खडा गरेर निर्वाचनमा उत्रिएका थिए ।
यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् । भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उनीहरुले पनि जनार्दन पक्षधर प्यानलबाटै उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षहरूमा सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९), अटल आचार्य (५७१) र मदन ढकाल (५४१), विराज थापा (४८२), दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीको एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि गत माघ १३ गते निर्वाचन भएको थियो ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’