काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् ।
सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् भने राईले ६ सय १५ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।
अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । राईले जनार्दन शर्मा पक्षधरको प्यानलबाट उम्मेदवारी दिएका थिए । यादव नारायणकाजी श्रेष्ठ र पौडेलले वर्षमान पुन पक्षधरको प्यानल खडा गरेर निर्वाचनमा उत्रिएका थिए ।
यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् । भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उनीहरुले पनि जनार्दन पक्षधर प्यानलबाटै उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षहरूमा सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९), अटल आचार्य (५७१) र मदन ढकाल (५४१), विराज थापा (४८२), दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीको एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि गत माघ १३ गते निर्वाचन भएको थियो ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण