पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
दुई साता लामो अभियानका क्रममा १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्र्तगत शुरु अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका छन् ।
‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्र्तगत किशोरीहरुको जीवनरक्षाको यो पवित्र अभियानलाई यति महत्वपूर्ण उचाइमा ल्याइपुर्याउन साथ दिनुहुने स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेवीका, सञ्चारमाध्यमलगायत सम्बद्ध सबैलाई हार्दिक आभार,’ मन्त्री पौडेलले भनेका छन् ।
मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरु खोप लगाउन नछुटुन् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रीत रहने उल्लेख गर्दै आफ्नो वरपरका छुटेकाहरुलाई खोप लगाउने कार्यमा पनि तपाईंको सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गरेका छन् ।
विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट शुरु गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइएको छ ।
सम्बन्धित खबर
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह