नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो सचिवालय बैठक मंगलबार पोखरामा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गइरहेको तीन महिने अभियानलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यही अनुसार सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनुपर्ने बताए ।
इन्चार्ज गुरुङले पार्टी सरकारमा रहेको अवस्थामा पार्टीका बिरुद्दमा गरिएका कु-प्रचार र अफवाहहरूको प्रतिकारसहित सबल पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
बैठकले पार्टीले सञ्चालन गर्न गइरहेको तीन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेवारी बाँडफाँड समेत गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।
साथै, सो बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्वउपसचिव समेत रहेका प्रदेश कमिटी सल्लाहाकार परिषद सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवम् प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले बताइन् ।
बैठकमा पार्टीका बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर केसी, लमजुङ अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कँडेल, पर्वत अध्यक्ष गोविन्द पहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदीसहितका जिल्ला अध्यक्षहरूले आ-आफ्नो जिल्ला कमिटीको गतिविधि र कार्यक्रमहरूको सन्दर्भमा प्रकाश पारेका थिए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्