पोखरा । रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ ।
रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् ।
सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।
४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएका थिए ।
परिवारका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए ।
तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् ।
तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए ।
उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत थिए । २०७४ को चुनाव पनि जिते । तत्कालीन समयमा ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा २ वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।
०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । त्यसपछि उनी रुस हिँडेका थिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण