काठमाडौं । एसिड आक्रमणमा परी गम्भीर घाइते रौतहटकी १८ वर्षीया सम्झना दासको आइतबार राति निधन भएको छ । गत भदौ २६ गते राति सम्झना र उनकी बहिनी सुस्मितामाथि सुतिरहेका बेला एसिड प्रहार भएको थियो । घटनाको बाह्रौं दिनमा सम्झनालाई अस्पतालले मृत घोषणा गरेको हो । एसिडले सम्झनाको शरीरको ३५ प्रतिशत भाग जलेको थियो । आक्रमणमै परेकी १५ वर्षीया सुस्मिताको उपचार भइरहेको छ ।
चन्द्रपुर अस्पतालबाट रिफर गरी दुवै दिदीबहिनीलाई काठमाडौं ल्याइएको थियो । अस्पतालमा सम्झनाका बुवा जादोलाल थिए । उनीसँगै जो छिमेकी कुरुवा बसेका थिए, तिनै ५० वर्षीय रामबाबु पासवानले एसिड प्रहार गरेको प्रहरीको दाबी छ ।
पासवानको हातमा एसिडले जलेको चिह्न थियो । उनले लगाएको चप्पलमा पनि एसिड परेको चिह्न भेटिएको थियो । त्यसपछि प्रहरीले शंका गरी अनुसन्धान थालेको हो । उनले सुरुमा इन्कार गरे । उनलाई बचाउन जाँदा पोलेको भनेर प्रहरीलाई बताएको उनका छिमेकीले जानकारी दिए ।
प्रहरीका अनुसार यौन प्रस्ताव नमान्दा एसिड खन्याएको उनले स्विकारेका छन् । ५० वर्षीय पासवानले बारम्बार यौन प्रस्ताव राखे पनि सम्झनाले वास्ता नगर्दा एसिड प्रहार गरेका हुन् । सम्झनाले यो कुरा होसमा हुँदा बुवालाई पनि सुनाइसकेकी थिइन् । परिवारका अनुसार दास दिदीबहिनी भने पासवानलाई ठूलोबुवा मान्ने गर्थे । कान्तिपुर दैनिकमा खबर छ ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु