एसइई परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने दुर्गेश थापाको घोषणा

एसइई परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने दुर्गेश थापाको घोषणा

durgesh-thapa-2

पोखरा । गायक तथा मोडल दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा (एसईई) अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले भाइबहिनीहरूको पढाइमा असर पर्ने सक्ने भन्दै एसइई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’

उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पु¥याएको हो । त्यसैले, जब हजुरहरुको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’

यस वर्षको एसईई परीक्षा ७ चैतदेखि सुरु हुँदैछ । गायक थापाले एसइई दिन लागेका सबै भाइबहिनीहरूलाई शुभकामना पनि दिएका छन् । यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन् ।

यसअघि प्रायः विवादमा आइरहने गायक थापा पछिल्लो समयमा भने प्रशंसकको मन जित्ने प्रयासमा छन् । यतिबेला उनको सांगीतिक करिअरले पनि साथ दिइरहेको छ । उनको पछिल्लो गीत ‘दुश्मन हेरेको हे¥यै’ युट्बयुको ग्लोबल ट्रेन्डिङमा छ । यतिबेला मेला महोत्सवमा उनको निकै माग भैरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ