काठमाडौँ । काठमाडौँको खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा एक युवकको हत्या प्रकरणमा संलग्न १६ जना पक्राउ परेका छन् ।
चैत ११ गते बेलुका साढे सात बजे पुरानो रिसइबीका कारण दुई पक्षबीच भएको झगडामा दोलखाको मेलुङ गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय (अबे) तामाङको मृत्यु भएको थियो ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भइ हाल काठमाडौँको नागार्जुन–१०, स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठ समेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा अबेको उपचारको क्रममा मृत्यु भएको हो।
सो घटनामा संलग्न श्रेष्ठसहित धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौंको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, वाग्मती–५, सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७, धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ छन् ।
यसैगरी ताप्ली गाउँपालिका–७, उदयपुरका २० वर्षीय सांगे तामाङ, काठमाडौंको नागार्जुन–९, स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका– ७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौंको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’