बाँके । बाँकेको नरैनापुर र रामेछापमा भएको आगलागीबाट २२ घरगोठ जलेका छन् । नरैनापुर गाउँपालिकामा १७ घरगोठ र रामेछापमा पाँच घरगोठ जलेका हुन् । बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा हिजो दिउँसो आगलागी भएको थियो ।
जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले निभाएका सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो । खरले छाएका र एकआपसमा जोडिएका घरगोठ रहेका अनि तीव्र हावाहुरीका कारण आगोले क्षति गरेको उहाँको भनाइ छ ।
आगलागीका कारण ६० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगलागी पीडितलाई राहत दिने बताएका छन् ।
यसैबीच रामेछापको रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रागाउँमा आगलागीबाट दुई वटा घर र तीनवटा गोठ जलेका छन् । घर नजिकैको जङ्गलमा लागेको आगो हिजो बस्तीमा पस्दा आगलागी भएको हो । हावाहुरीले आगो थप फैलिएको थियो ।
मानवीय क्षती नभए पनि घरमा भएका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण